चितवन खबर पोष्ट

माडीमा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी कार्यशाला सम्पन्न

१२ बैशाख, माडी । लैङ्गिक समानता प्रवर्द्धन तथा महिला अधिकार सुदृढीकरणका लागि लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्च अवस्थाको विश्लेषण गर्ने उद्देश्यले माडीमा एकदिने कार्यशाला सम्पन्न भएको छ।

एक्सन एडको सहयोग तथा चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजनामा माडी भिलेज रिसोर्टमा सन्चालन भएको कार्यक्रममा अधिवक्ता इन्दु तुलाधरले लैङ्गिक उत्तरदायी बजेटको महत्व, लैङ्गिक उत्तरदायी बजेटका सुचकहरु यसको प्रभावकारी कार्यान्वयन तथा खर्च व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।

कार्यक्रममा माडी नगरपालिकाका जनप्रतिनिधी, विभिन्न निकायका प्रतिनिधि लगायत स्थानिय महिलाको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी दिनमा लैङ्गिक समानता र समावेशी विकासका लागि बजेट विनियोजनलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।

माडी नगरपालिका उप प्रमुख खेमप्रसाद महतोको प्रमुख आथ्तियतामा सम्पन्न भएको कार्यक्रमको उद्देश्यबारे एक्सन एडका प्रोग्राम अफिसर कविता बस्नेतले जानकारी गराउँदा चितवन सक्रिय महिला प्रतिष्ठानकी कार्यक्रम संयोजक सुजाता बर्तोलाले कार्यक्रम संचालन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया