१२ बैशाख, माडी । चितवनका माछा उत्पादक कृषकहरुको संस्था मत्स्य व्यवसायी संघ, चितवनको दोश्रो अधिवेशनबाट राप्तीका हरिनारायण थपलिया अध्यक्ष चयन हुनुभएको छ । त्यस्तै माडीका दिलिप थापा उपाध्यक्ष चयन हुनुभएको छ ।
माडी–४, खैरहनीस्थित कृषि पाठशालामा सञ्चालित सो अधिवेशन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन भएको हो । समितिको सचिवमा खैरहनीका प्रसिद्ध अधिकारी, सहसचिवमा भरतपुरका कालीका दवाडी र कोषाध्यक्षमा रत्ननगरका श्यामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी जिल्ला सदस्यमा माडी नगरका दामोदर गौतम र जीवन महतो, खैरहनीका हेम गुरुङ र माहालक्ष्मी ढुङ्गाना, रत्ननगरका सुदर्शन पाठक र भरतपुरका गौरव शाह रहनुभएको छ । लेखा संयोजकमा पुनः हरि पण्डित चयन हुनुभएको छ ।




