१२ बैशाख, माडी । इलाका प्रहरी कार्यालयले गरेको स्टीङ्ग अपरेशनबाट लागुपदार्थ सेवन (लापसे) गरेका १३ जना युवाहरु नियन्त्रणमा लिएको छ ।
माडीको बसन्तपुरमा सञ्चालित एक मेलास्थलमा प्रहरीले संकाश्पद १७ जना युवाहरुमा गरेको परीक्षणमा १३ जनाले लागुपदार्थ सेवन गरेको भेटिएको हो । नियन्त्रणमा लिइएकामध्ये एकजना ३१ बर्षका र अन्य सबै १८ देखि २५ बर्ष उमेर समूहका रहेका छन् ।
उनीहरुमध्ये अवस्था हेरि ७ जना युवाहरुलाई सुधार केन्द्र पठाइएको र अन्य केहिलाई मुद्दा चलाउने तयारी गरिएको प्रहरी श्रोतले जनाएको छ । हाल माडीका विभिन्न स्थानमा लागुपदार्थ सेवन र मादक पदार्थ सेवन (मापसे) चेकजाँच तीब्र बनाइएको प्रहरीले जनाएको छ ।




