कृषि र कृषक पोष्ट

सोमेश्वर किसान समूहको अध्यक्षमा सावित्री पाण्डे पुनर्चयन

१३ बैशाख, माडी । माडी-४, खैरहनीस्थित सोमेश्वर किसान समूहको अधिवेशनबाट अध्यक्ष पदमा सावित्री कुमारी पाण्डे पुनर्चयन हुनुभएको छ ।

रेडहिलपार्कमा सम्पन्न समूहको तेश्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट उपाध्यक्षमा जीवलाल चापागाईं, कोषाध्यक्षमा मनबहादुर भुजेल र सदस्यहरुमा धन बहादुर रानाभाट, ज्ञानप्रसाद बस्याल, तेजकुमारी अर्याल र ज्ञानप्रसाद भुसाल चयन हुनुभएको छ । त्यस्तै लेखा संयोजकमा भागिरथ बस्याल चुनिनुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै माडी-४ का वडाध्यक्ष माधव चापागाईंले किसानहरूलाई उत्पादनमुखी बनाउँदै आधुनिक खेती प्रणालीमा लाग्नुपर्नेमा जोड दिनुभयो । कृषिमा नवीन प्रविधि अपनाएर उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया