चितवन खबर पोष्ट

माडीमा टोल विकास प्रतिनिधिलाई लैङ्गिक उत्तरदायी बजेट तालिम

१५ बैशाख, माडी । माडीका टोल विकास समितिका प्रतिनिधिहरूलाई लक्षित गर्दै लैङ्गिक उत्तरदायी बजेट विनियोजन सम्बन्धी २ दिने तालिम सञ्चालन भएको छ।

माडी भिलेज रिसोर्टमा सन्चालन भएको तालिममा अधिवक्ता इन्दु तुलाधरले स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा महिला, पुरुष तथा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।

चितवन सक्रिय महिला प्रतिष्ठानको कार्य क्षेत्रभित्र पर्ने टोल विकास समितिका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रमका सहभागीहरूले सिकेका कुरालाई आफ्नो टोल तथा समुदायस्तरमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

माडी नगरप्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतित्थयतामा सम्पन्न भएको कार्यक्रममा एक्सन एडका कार्यक्रम अधिवक्ता कविता बस्नेत, चितवन सक्रिय महिला प्रतिष्ठानका परियोजना संयोजक सुजाता बर्तोला लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया