१५ बैशाख, माडी । शनि जयन्तिको अवसरमा माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित शनि धाममा आयोजित एघारौँ शनि जयन्ति उत्सवमा दुना टपरी बनाउने प्रतियोगिता मुख्य आकर्षणका रूपमा समावेश गरिएको छ।
आउँदो जेठ २ गते शनिबार आयोजना हुने उक्त उत्सवमा यस वर्ष विविध सांस्कृतिक कार्यक्रम र भजन प्रतियोगितासंगै दुना टपरी बनाउने प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो । चितवनमै पहिलोपटक माडीमा सो प्रतियोगिताबाट आयोजना भएको उहाँले बताउनुभयो ।
दक्षिण सोमेश्वर कालिका धार्मिक समिति (शनि धाम)को आयोजनामा हरेक बर्ष शनि जयन्तिका दिन माडीमा शनि जयन्ति उत्सव मनाइन्छ । उत्सवमार्फत माडीको पर्यटन प्रवद्र्धन गर्दै स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

(प्रतियोगितामा सहभागी हुन इच्छुक टोली वा व्यक्तिले जेठ १ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ । थप जानकारीका लागि ९८५५०५३०७५, ९८५५०५४३७१, ९७४८४२९५०१ र ९८४५६७५१४३ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।)



