चितवन खबर पोष्ट

माडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, १० हजार कार्ड इलाका प्रशासनमा उपलब्ध

१५ बैशाख, माडी । माडी नगरवासीले माडीमै रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको छापिएको प्रति (कार्ड) पाउने भएका छन् ।

यसअघि विवरण भरेर राष्ट्रिय परिचयपत्र नम्बर लिइसकेका करीब १० हजार माडीबासी नागरिकहरुको छापिएको परिचयपत्र इलाका प्रशासन कार्यालय माडीमा पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जनाउनुभयो ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा वितरण हुन नसकेका पुराना परिचयपत्रहरू अहिले उपलब्ध गराएर वितरण गर्न लागिएको हो । प्रदर्शनपछि खिचिएका नयाँ विवरणका परिचयपत्र भने अझै आइपुगेका छैनन् ।

प्रशासनले माडीवासीलाई इलाका प्रशासन कार्यालयमै पुगेर आफ्नो परिचयपत्र बुझ्न आग्रह गरेको छ । भरतपुर महानगरपालिकाका वडाहरुबाट पनि महानगरभित्रका केहि वडाको परिचयपत्र वितरण गरिने सो प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया