१६ बैशाख, माडी । जिल्ला प्रशासन कार्यालय चितवनले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुमति बिना फोटो वा भिडियो खिच्न नपाइने भन्दै सूचना जारी गरेको छ ।
पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट अस्पताल परिसरका विभिन्न स्थानमा स्वीकृति बिना फोटो/भिडियो खिच्ने क्रम बढेको गुनासो आएको भन्दै प्रशासनले यस्तो गतिविधिले चिकित्सकको कार्यसम्पादनमा नकारात्मक असर पर्ने तथा बिरामीको व्यक्तिगत गोपनीयता उल्लंघन हुने जोखिम बढेको भन्दै सो रोक लगाएको हो ।
सूचनाको उल्लंघन गरी यस्ता गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । यसअघि भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले समेत सोही व्यहोराको पत्र निकालेको थियो । प्रशासन र अस्पताल दुबैको सो व्यहोराको वक्तव्यको मिडियाक्षेत्रले आलोचना गरेको छ




