१६ बैशाख, माडी । माडी-९, कृष्णनगरस्थित कृष्णनगर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दुर्गाबहादुर अधिकारी चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिका लागि भएको बैठकबाट स्वदेशकर्मी पत्रकार र स्थानीय होटल व्यवसायी समेत रहनुभएका अधिकारी सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
त्यसैगरी वि.व्य.स. सदस्यहरुमा हर्कबहादुर थापा र सरिता सुनार, भूतपूर्व विद्यार्थी प्रतिनिधिहरुमा सहदेव गुरुङ, नवराज भण्डारी र राधिका देवकोटा तथा सदस्य सचिवमा प्रधानाध्यापक विमल प्रकाश देवकोटा रहनुभएको छ ।
पदेन सदस्य रहने पदबाहेक शिक्षकबाट वि.व्य.स. प्रतिनिधि चयन बाँकी रहेको प्रधानाध्यापक देवकोटाले बताउनुभयो । यसअघि सो विद्यालयमा दुई कार्यकालसम्म नारदमणि पौडेल वि.व्य.स. अध्यक्ष रहनुभएको थियो ।




