चितवन खबर पोष्ट

राप्ती नगरपालिकाको आश्वासन: सुकुम्बासीलाई ‘ढुक्क भएर बस्न’ आग्रह

१६ बैशाख, माडी । देशका धेरै पालिकाहरुले सुकुम्बासीहरुको बस्तीमा डोजर चलाइरहँदा पूर्वी चितवनको राप्ती नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ‘ढुक्क भएर बस्न’ आग्रह गरेको छ ।

नगरप्रमुख शमशेर लामाद्वारा हस्ताक्षरिक सूचनामा ‘नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन तथा स्थायी समाधानका लागि भूमि समस्या समाधान आयोग र सम्बन्धित निकायसँग समन्वय गरी लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै ढुक्क भएर बस्न’ आग्रह गरेको हो ।

हाल बालेन्द्र (बालेन) नेतृत्वको नेपाल सरकार र केहि पालिकाहरूले काठमाडौं लगायतका स्थानमा घरटहरा हटाउने कार्य गरिरहँदा राप्ती नगरपालिकाका केही क्षेत्रमा आफूले लामो समयदेखि भोगचलन गर्दै आएको तथा तिरोसमेत तिर्दै आएका ऐलानी जग्गामा घर बनाएका नागरिकहरू त्रसित भएको गुनासो आएको भन्दै सूचनामा कुनै पनि अफवाहमा नलाग्न, नडराउन र ढुक्क भई बस्न आग्रह गरिएको हो ।

तपाईको प्रतिक्रिया