१८ बैशाख, माडी । स्वदेश एफ.एम.की स्टेशन म्यानेजर दीप्ति विश्वकर्मालाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको २२ औं साधारणसभाको अवसरमा विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो ।
माडीसँगै चितवन क्षेत्रमा रहेर पत्रकारिताको विकास तथा पत्रकारितामार्फत सामाजिक चेतनास्तर अभिवृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप विश्वकर्मालाई पुरस्कृत गरिएको महासंघद्वारा प्रदत्त सम्मानपत्रमा उल्लेख छ ।
विश्वकर्मासँगै मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल र सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत हुनुभएको छ । मैयादेवी पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार छ भने अन्य दुई पुरस्कारको राशि ११ हजार रहेको छ ।




