माडी (स्थानीय) खबर पोष्ट

माडीमा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने

१८ बैशाख, माडी । बागमती प्रदेश स्वस्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजना र माडी नगरपालिकाको समन्वयमा माडीमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

यही वैशाख १९ गते (भोलि) शनिवार र २० गते आइतवार बसन्तपुरस्थित बघौडा अस्पताल परिसरमा सञ्चालन गरिने माडी नगरपालिकास्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जनाउनुभयो ।

शिविरमा स्त्री तथा महिला रोग, नाक–कान–घाँटी, छाला, मानसिक रोग, बाल रोग, हाडजोर्नी तथा नसासम्बन्धी रोग लगायतका विशेषज्ञ सेवा उपलब्ध हुनेछन्। साथै, जनरल फिजिसियन सेवा, शल्यक्रिया (सर्जरी), आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा पनि प्रदान गरिने जनाइएको छ।

त्यसैगरी, एक्स-रे, भिडियो एक्स-रे तथा प्रयोगशाला सेवा, आवश्यक औषधिको निःशुल्क वितरण र ५० वर्षभन्दा माथिका पुरुषहरूको प्रोस्टेट परीक्षणसमेत गरिनेछ। शिविरको, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया