१८ बैशाख, माडी । माडीमा पहिलोपटक भलिबल लिग प्रतियोगिता सञ्चालन हुने भएको छ । आउँदो बैशाख २५ देखि जेष्ठ १५ गतेसम्म माडीका विभिन्न स्थानमा लीग चरणका भलिबल खेलहरू सञ्चालन हुन लागेका हुन् ।
नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सञ्चालन गर्न विभिन्न समिति गठन समेत गरिएको छ। गठन गरिएको मूल समितिको संयोजकमा विनोद अधिकारी रहेका छन्। सदस्यहरूमा नारायण प्रसाद पौडेल, प्रकाश चपगाईं, सूर्यबहादुर अधिकारी र कृष्णबहादुर महतो रहेका छन्।
त्यसैगरी, आर्थिक तथा पुरस्कार व्यवस्थापन समितिको संयोजकमा प्रकाश चपागाईं चयन भएका छन्। सदस्यहरूमा नारायण पौडेल, सुलभ बन्धु पोखरेल, शंकर घले र अमित लामा समावेश छन्।

खेल व्यवस्थापन तथा एम्पायर समितिको संयोजकमा कृष्णबहादुर महतो रहेका छन्। यस समितिमा नारायण पौडेल, सुलभ बन्धु पोखरेल, अर्जुन कार्की, समिर महतो र पदम नेपाली सदस्यको रूपमा रहेका छन्। प्रतियोगिताले माडी क्षेत्रमा खेलकुद प्रवर्द्धन, अनुभवी खेलाडीहरूको पुनःसक्रियता र सामुदायिक एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।



