२० बैशाख, माडी । युवाहरुमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्ययले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजना भएको छ । नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा आउँदो बैशाख २७ गते आइतबार म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने भएको हो ।
“दौडौं माडी, जितौं भोली” भन्ने नारासहित आयोजित सो प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै दूरी तय गरिएको छ । बरुवा बजारदेखि बसन्तपुर बजारसम्म (करीब ५ किलोमिटर) दूरीमा दौड आयोजना हुने प्रारम्भीक तयारी रहेको समितिका प्रतिनिधि एवं एथ्लेटिक्स प्रशिक्षक कृष्ण चौधरीले बताउनुभयो ।
कार्यक्रम तालिका अनुसार बैशाख २६ गते बेलुका ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने, प्रतियोगिताको उद्घाटन बिहान ७ बजे हुने र दौड सुरुवात बिहान ७ः३० बजे गरिने चौधरीले बताउनुभयो । म्याराथुन दौड विजेतामध्ये प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः रु.७ हजार, ५ हजार र ३ हजार एवं सहभागीताको प्रमाणपत्र रहने उहाँले जनाउनुभयो ।

प्रतियोगिताबारे थप जानकारीका लागि कृष्ण चौधरी (९८४५२०८९१७), ललित राउत (९७४९४७१२९३) वा सुर्य भुसाल (९८४५२०९६९७) लाई सम्पर्क गर्न सकिन्छ । (फोटोः कृत्रिम बौद्धिकता प्रयोग गरी बनाइएको)



