खेल र खेलाडी पोष्ट

माडीमा तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल सुरु, उद्घाटन खेलमा डायनामिक युथ क्लब विजयी


२० बैशाख, माडी । माडी-२, भैरवपुरस्थित खेलकूद चौरमा सञ्चालन सुरु भएको तेश्रो शोभाखर काफ्‌ले स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा डायनामिक युथ क्लब, दिवानगर विजयी भएको छ ।

समुद्घाटन खेलमा बोटे समाज बनकट्टासंग भिडेको डायनामिक २–१ गोलअन्तरबाट विजयी हुँदै दोश्रो चरणमा प्रवेश गरेको हो । खेलको पहिलो ५ मिनेटभित्रै (आफ्‌नै पोष्टमा) २ वटा आत्मघाती गोल गर्दै पछि परेको बोटे समाजले बिपक्षीको पोष्टमा पनि १ गोल गरेपनि त्यो जीतको लागि पर्याप्त भएन ।

खेलको म्यान अफ द म्याच डायनामिकका मनु गायक (जर्सी नं. १४) घोषित हुनुभयो । समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका माडी नगर शिक्षा तथा खेलकूद समितिका अध्यक्ष एवं वडाध्यक्ष पुरन महतोले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो ।

दिवंगत समाजसेवी शोभाखर काफ्‌लेको स्मृतिमा माडी-२ वडा कार्यालय र ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा ‘हाम्रो अभियान : स्थानीय खेलाडी उत्पादन’ भन्ने नारासहित आउँदो बैशाख २७ गतेसम्म सञ्चालन हुनेगरी सो फुटबल प्रतियोगिता सञ्चालन सुरु भएको हो ।

तपाईको प्रतिक्रिया