माडी (स्थानीय) खबर पोष्ट

माडीमा ‘द एसएमएस खबर डटकम’ डिजिटल पत्रिका शुभारम्भ, प्रेस स्वतन्त्रता दिवसको अवसरमा सुरु

२१ बैशाख, माडी । विश्व प्रेस स्वतन्त्रता दिवस (मे-३) को अवसर पारी माडी-३ बसन्तपुरमा thesmskhabar.com डिजिटल पत्रिकाको आज (आइतबार) औपचारिक सुभारम्भ गरिएको छ ।

माडी नगरपालिका वडा नं. ३ को सभाहलमा सम्पन्न अन्तरक्रिया तथा डिजिटल पत्रिका सुभारम्भ कार्यक्रममा माडी–३ को वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्य रहेको थियो भने द एस.एम.एस. खबर डटकमका सम्पादक सुदर्शन सुवेदीको अध्यक्षता रहेको थियो ।

माडीमा विगत ७ वर्षदेखि एस.एम.एस. टिभीको नामबाट परिचित अनलाइन मिडियाले औपचारिक रूपमै द एस एम एस खबर डटकम डिजिटल पत्रिकाको सुरूवात गरेको हो । साथै, वेबसाइट भिजिट गरि २४ सै घण्टा अनलाइनमा गितहरू सुन्न सकिने सुविधा समेत थप गरिएको सञ्चालक सुर्यमान शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया