चितवन खबर पोष्ट

एजेण्डा केन्द्रित छलफल गर्न मन्त्री सोबिता गौतमको आग्रह

२१ बैशाख, माडी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सांसदहरूलाई एजेण्डा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै चितवन–३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उहाँले प्रभावकारी संसदका लागि विषयवस्तुमा केन्द्रित बहस आवश्यक रहेको बताउनुभयो ।

सांसदहरू एजेण्डामा केन्द्रित भए सरकार पनि स्पष्ट तयारीका साथ जवाफ दिन सक्ने उल्लेख गर्दै मन्त्री गौतमले जनचासोका विषयलाई व्यवस्थित रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । संसदीय कामलाई प्रभावकारी बनाउन समयसीमाको ख्याल गर्नुपर्ने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया