चितवन खबर पोष्ट

भेट्रान भलिबल लिगका लागि माया–एल्मर दम्पत्तीद्वारा २० हजार सहयोग

२३ बैशाख, माडी । माडीमा पहिलोपटक सञ्चालन हुन लागेको भेट्रान भलिबल लिग प्रतियोगिताको सहयोगार्थ बरुवाका माया लामा र अष्ट्रियका एल्मर मुलर (दम्पत्ती)ले २० हजार रुपैंया सहयोग गर्नुभएको छ ।

बरुवामा माइती रही हाल अष्ट्रियामा रहनुहुने माया र उहाँका श्रीमान एल्मरले प्रतियोगिताको प्रथम पुरस्कार रकमस्वरुप सो रकम बुधबार प्रतियोगिता आयोजक समितिका संयोजक बिनोद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

आउँदो बैशाख २५ देखि जेष्ठ १५ गतेसम्म माडीका विभिन्न स्थानमा लीग प्रणालीमा हुने सो प्रतियोगिताको हाल तयारी तीब्र पारिएको छ । साथै सो खेल स्पर्धालाई सघाउन सहयोगदाताहरुले आर्थिक र भौतिक सहयोग समेत गरिरहेका छन् ।

हालसम्म दिलु जिसीबाट ५ हजार र करण पुनमगर एवं तोरण बहादुर परियारबाट २/२ हजार रुपैंया सहयोग संकलित छ । त्यस्तै भरतपुरस्थित मेट्रो एजुकेशन, सगरमाथा रिकन्डिशन र माडी रिकन्डिशन एवं कीर्तनपुरस्थित सुवेदी बिजुली पसलबाट जनही १५०० प्राप्त भएको जनाइएको छ ।

यसबाहेक, माडीका गोपी नेपाल, घनश्याम लामिछाने, सोमबहादुर परियार र भरतपुरको चितवन रिकन्डिसन हाउसबाट १/१ हजार, कीर्तनपुरका बहादुर कुँवर, इन्द्रजित कुँवर र जितबहादुर शेर्पालीबाट प्रतिव्यक्ति ५०० रुपैंया सहयोग आएको र विकास परियारबाट २ थान भलिबल सहयोग हस्तान्तरण भएको संयोजक अधिकारीले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया