चितवन खबर पोष्ट

माडीका क्यान्सर पीडित किसुनीको घर निर्माणका लागि अष्ट्रीयन नागरिकबाट ६ लाख रूपैंया सहयोग (भिडियो)

२३ बैशाख, माडी । माडी–१, अम्बाबास निवासी बिपन्न एवं क्यान्सर पीडित किसुनी महतो र उहाँका श्रीमान प्रेमकुमार महतोको नयाँ घरमा बस्ने सपना पुरा हुने भएको छ ।

वडाध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी भिनाजु अष्ट्रीयन नागरिक माया मुलर र एल्मर मुलर तथा सहितको सहयोगबाट महतो दम्पत्ती बस्दै आएको खरले छाएको झुप्रो घर हटाई सोही स्थानमा ३ कोठे पक्की घर निर्माण हुने भएको हो ।

सो घर निर्माणका लागि मुलर दम्पत्तीका साथै अष्ट्रियन नागरिक ओल्फगन बार्टीले बुधबार ६ लाख रुपैंया सहयोग गर्नुभयो । अब, वडा कार्यालयका प्राविधिकले गरेको डिजाइन अनुसार निर्माण व्यवसायीमार्फत घर निर्माण अगाडि बढाइने वडाध्यक्ष लामाले बताउनुभयो ।

घर निर्माणमा सहयोग पाएसंगै क्यान्सरपीडित किसुनीले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । घर निर्माण भएपश्चात सो बिपन्न परिवारलाई आयआर्जनका लागि बाख्रापालनमा सघाउने योजना रहेको लामाको भनाई छ ।

तपाईको प्रतिक्रिया