चितवन खबर पोष्ट

चितवन निकुञ्जमा चालु वर्षमै ६ पाटेबाघ मृत फेला

२३ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षभित्रै ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिक अन्दाजी दुई वर्षको भाले बाघ मृत भेटिएसँगै मृत बाघको संख्या ६ पुगेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार पछिल्लो बाघको मृत्यु अर्को बाघको आक्रमणबाट भएको हो। यस आर्थिक वर्षमा मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटा पहिचान हुन नसकेको जनाइएको छ।

मृत्युका कारण विश्लेषण गर्दा दुई वटा बाघ आपसमा जुधेर मरेका छन् भने तीन वटा उपचार तथा उद्धारको क्रममा मरेका हुन्। एउटा बाघ भने प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ। यसअघि गरिएको गणनाअनुसार निकुञ्जमा १२८ वटा बाघ रहेका थिए। चालु वर्षको बाघ गणनाको नतिजा भने अझै सार्वजनिक गरिएको छैन। (सांकेतिक फोटो)

तपाईको प्रतिक्रिया