२३ बैशाख, माडी । माडी नगरपालिकाको चालू आ.व. २०८२/८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई आउँदो जेष्ठ ४ गते सोमबार बिहान ११ बजे सञ्चालन हुने भएको छ ।
यसअघि बिहीबार (भोलि) सार्वजनिक सुनुवाई सञ्चालन गर्ने पूर्व तयारी रहेपनि बागमती प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेसंगै सुनुवाईको मिति पछि सरेको हो । अब जेष्ठ ४ गते सोमबार बिहान ११ बजे नगर कार्यपालिका परिसर बसन्तपुरमा सुनुवाई सञ्चालन हुनेछ ।
नगर कार्यपालिकादेखि सबै वडाहरु (प्रस्तावित वडामा समेत)मा सार्वजनिक सुनुवाई हुने देशकै एकमात्र स्थानीय सरकारका रुपमा देशैभर चिनिन थालिएको माडी नगरपालिकाका सबै वडाहरुको चालू आ.व.को सार्वजनिक सुनुवाई हालै सकिएको छ । (फाइल फोटो)




