चितवन खबर पोष्ट

वरिष्ठ न्यायाधीशलाई पछि पार्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा प्रस्तावित

२४ बैशाख, माडी । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरीयतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना भएको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्माले संसदीय सुनुवाइबाट अनुमोदन पाएमा पूर्ण ६ वर्षे कार्यकाल प्रधानन्यायाधीशका रूपमा काम गर्नेछन् । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाल लाई पछि पार्दै शर्मालाई प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएको हो ।

तपाईको प्रतिक्रिया