२५ बैशाख, माडी । माडी–२, भैरवपुरस्थित खेलकुद चौरमा सञ्चालनमा रहेको तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल प्रतियोगिताको पाँचौं दिन बिहीबारको खेल जित्दै डायनामिक युथ क्लब अगाडि बढेको छ ।
डायनामिकले आयोजक ज्ञानज्योति युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा डायनामिकका आशिष दुरा म्यान अफ द म्याच घोषित हुनुभयो । दिवंगत समाजसेवी शोभाखर काफ्लेको स्मृतिमा माडी–२ वडा कार्यालय र ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा सो फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।




