चितवन खबर पोष्ट

चितवन निकुञ्ज मध्यवर्ती काउन्सिलको अध्यक्षमा माडीका शिवजी गायक निर्वाचित

२५ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा माडीबाट शिवजी गायक निर्वाचित हुनुभएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि पहिलोपटक माडीबाट गायक अध्यक्षमा चयन हुनुभएको हो ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिबाट प्रतिनिधित्व गर्नुभएका उहाँले १० मत पाएर अध्यक्षमा निर्वाचित हुँदा केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति कसराका लालबहादुर दवाडीले ७ मत र नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका दुमन भण्डारीले २ मत पाउनुभयो ।

काउन्सिल अन्तर्गत माडीका तीनवटा सहित चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् । ती सबै समितिका अध्यक्षहरु काउन्सिलको पदेन सदस्य रहने व्यवस्था छ । हाल २ वटामा समिति गठन हुन बाँकी रहेको अवस्थामा १९ वटा समितिका अध्यक्षले मतदानमा भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया