२५ बैशाख, माडी । माडी-७, जगन्नाथपुरीमा सञ्चालित ‘जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम’ अन्तर्गतको आयुर्वेद स्वास्थ्य क्लिनिकबाट २२७ जनाले सेवा लिएका छन् ।
माडी नगरपालिका वडा नं. ७ को आयोजनामा तथा माडी नगरपालिका र माडी आयुर्वेद औषधालयको सहकार्यमा आधारभूत स्वास्थ्य केन्द्र जगन्नाथपुरीमा शुक्रबार आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो । क्लिनिकमार्फत महिला १३९ जना र पुरुष ८८ जना गरी कुल २२७ जनाले आयुर्वेद सेवा लिएको आयोजकले जनाएको छ ।
वडा अध्यक्ष चन्द्रकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुबेदी, कार्यपालिका सदस्य कमलबहादुर भुजेल, वडा सदस्य ढाकामोहन तिमिल्सिना लगायतको पनि सहभागिता रहेको थियो ।




