चितवन खबर पोष्ट

चितवनका सबै एम्बुलेन्समा जीपीएस अनिवार्य, नियम नमान्नेलाई सञ्चालन रोक्ने चेतावनी

२६ बैशाख, माडी । चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा विवरण दर्ता गर्न र १५ दिनभित्र जीपीएस जडान गर्न निर्देशन दिएको हो ।

दर्ता नगर्ने र जीपीएस नजडान गर्ने एम्बुलेन्स सञ्चालनमा रोक लगाइने जनाइएको छ । साथै तोकिएको भाडादर लागू गर्ने, अस्पतालमा अनावश्यक पार्किङ नगर्ने, चालकलाई पोसाक अनिवार्य गर्ने तथा भण्डारा र मुग्लिङ क्षेत्रमा स्वास्थ्यकर्मीसहित २४सै घण्टा ‘डेडिकेटेड एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरिएको छ । (फाइल फोटो)

तपाईको प्रतिक्रिया