२६ बैशाख, माडी । माडी नगरपालिका-२ भैरवपुरमा सञ्चालित तेस्रो शोभाखर स्मृति कप-२०८३ माडी नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि जनकल्याण तमु समाज र माडी-८ फुटबल टीम भिँड्ने भएका छन् ।
शनिवार सम्पन्न सेमीफाइनल तहका खेलमा जीत निकाल्दै जनकल्याण तमु समाज र माडी-८ ले फाइनल यात्रा तय गरेका हुन् । पहिलो खेलमा माडी-८ ले डायनामिक युथ क्लबलाई ४-१ गोलअन्तरले र दोश्रो खेलमा जनकल्याण तमु समाजले डिफेन्डिङ च्याम्पीयन योङ्ग स्टार पौहारीलाई २-० गोलअन्तरले पाखा लगाएको हो ।
सेमीफाइनलको पहिलो खेलमा माडी-८ का पदम नेपाली र दोश्रो खेलमा जनकल्याण तमु समाजका बिपिन पन्त म्यान अफ द म्याच घोषित हुनुभयो । दिवंगत समाजसेवी शोभाखर काफ्लेको स्मृतिमा माडी-२ वडा कार्यालय र ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा सो फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।




