चितवन खबर पोष्ट

जनकपुर भ्रमणमा निस्किएको माडीका पूर्वविद्यार्थी बोकेको बस निजगढमा दुर्घटना (भिडियो)

२६ बैशाख, माडी । भरतपुरबाट जनकपुरको राममन्दिर दर्शन तथा अवलोकन भ्रमणका लागि छुटेको सोमेश्वर माध्यमिक विद्यालय, बरूवा माडीका पूर्वविद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटनामा परेको छ ।

ग. प्र. ०६–००१ ख ०५४० नम्बरको बस शुक्रबार बिहान करिब ८ः३० बजे भरतपुरबाट छुटेकोमा दिउँसो करीब १ बजे दुर्घटनामा परेको हो । यात्रामा, सोमेश्वर माध्यमिक विद्यालयमा एस.एल.सी. २०५२-५३ व्याचका २९ जना सहपाठीहरू सवार रहेको जनाइएको छ । दुर्घटनामा परेका मध्ये ३ जनाको हात भाँचिएको तथा अन्य तीन जनाको टाउकोमा चोट लागेको बताइएको छ ।

सामान्य घाइतेहरूको निजगढ सिटी हस्पिटलमा र गम्भीर घाइतेहरूको वीरगञ्जमा उपचार सुरू भएको छ । बस जनकपुरस्थित राममन्दिरतर्फ गुड्दै गर्दा अचानक अगाडि टाटा सुमो गाडी आएसंगै दुर्घटनामा परेको एक यात्रुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया