२७ बैशाख, माडी । युवाहरुमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा सञ्चालित म्याराथन दौड (माडी रन) २०८३ अन्तरगत पुरुषतर्फ अनुप घर्ती प्रथम हुनुभएको छ । सेरुवा चोकदेखि बसन्तपुर बजारसम्मको ८ किलोमिटर दौड उहाँले २३ मिनेट ०० सेकेण्डमा पुरा गर्नुभयो ।
नगर शिक्षा तथा खेलकूद विकास समितिको आयोजनामा “दौडौं माडी, जितौं भोली” भन्ने नारासहित आयोजित सो प्रतियोगितामा दिपेश बोट (२३ मिनेट १ सेकेण्ड) दोश्रो, अजित बोट (२३ मिनेट १२ सेकेण्ड) तेश्रो र सचिन दराई (२४ मनेट २२ सेकेण्ड) चौथो हुनुभयो ।
यसबाहेक रोहित गुप्ता (२६.००), आशिष माझी (२६.१४), विश्वास गुरुङ (२६.३९), अंकित गुरुङ (२६.४४), सनम खत्री (२६.४९) र सौरभ रसाइली (२६.५२) ले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

म्याराथुन दौड विजेतामध्ये प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः रु.१० हजार, ७ हजार र ५ हजार र सानत्वना स्थान पाउनेहरुले १५०० रुपैंया सहित सहभागीताको प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहँदै माडी नगरप्रमुख ताराकुमारी काजी महतोले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।



