खेल र खेलाडी पोष्ट

माडी रन २०८३ : महिलातर्फ संजिना राई प्रथम, स्वास्थ्य सचेतनासहित ५ किमि दौड सम्पन्न

२७ बैशाख, माडी । युवाहरुमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा सञ्चालित म्याराथन दौड (माडी रन) २०८३ अन्तरगत महिलातर्फ संजिना राई प्रथम हुनुभएको छ । बरुवादेखि बसन्तपुर बजारसम्मको ५ किलोमिटर दौड उहाँले २४ मिनेट ४९ सेकेण्डमा पुरा गर्नुभयो ।

“दौडौं माडी, जितौं भोली” भन्ने नारासहित आयोजित सो प्रतियोगितामा सनम बोट (२४ मिनेट ५१ सेकेण्ड) दोश्रो, अनुजा नेपाली (२६ मिनेट ४१ सेकेण्ड) तेश्रो र सरिश्मा चापागाईं (२६ मिनेट ५४ सेकेण्ड) चौथो हुनुभयो ।

यसबाहेक रोशनी महतो (३०.०४), मनिका परियार (३०.०६) निर्मला महतो (३०.२०), निशा महतो (३०.३५), साक्षी महतो (३०.५१) र आशिका यादव (३०.५५)ले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

म्याराथुन दौड विजेतामध्ये प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः रु.१० हजार, ७ हजार र ५ हजार र सानत्वना स्थान पाउनेहरुले १५०० रुपैंया सहित सहभागीताको प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहँदै माडी नगरप्रमुख ताराकुमारी काजी महतोले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया