खेल र खेलाडी पोष्ट

तेस्रो शोभाखर स्मृति कपको उपाधि जनकल्याण तमु समाजलाई

२७ बैशाख, माडी । माडी नगरपालिका-२ भैरवपुरमा सञ्चालित तेस्रो शोभाखर स्मृति कप-२०८३ माडी नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा माडी-८ फुटबल टीमलाई २-० ले पराजित गर्दै जनकल्याणले उपाधी चुमेको हो । पहिलो हाफमा बिपिन पन्तको १ गोलबाट अग्रता बनाएको जनकल्याण तमु समाजका लागि दोश्रो हाफमा अनिल गुरुङले अर्को गोल थपेका थिए ।

प्रतियोगिताको बेष्ट गोलकिपर तमु समाजका दिवस क्षेत्री र बेष्ट डिफेन्स पनि तमु समाजकै सुधिर पासवास घोषित हुनुभयो । सर्बाधिक गोलकर्ता माडी-८ फुटबल टीमका पदम नेपाली (३ गोल) र सर्बोत्कृष्ट खेलाडी पनि माडी-८ कै विवेक पौडेल घोषित हुनुभयो । त्यस्तै इमर्जिङ प्लेयर आयोजक ज्ञानज्योति युवा क्लबका आशिष महतो घोषि हुनुभयो ।

दिवंगत समाजसेवी शोभाखर काफ्‌लेको स्मृतिमा माडी-२ वडा कार्यालयको आयोजना र ज्ञानज्योति युवा क्लब, भैरवपुरको सह-आयोजनामा सो फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार