खेल र खेलाडी पोष्ट

हनुमानझुलाको निःशुल्क पशु स्वास्थ्य शिविरबाट ६ हजार बढी पशुपंक्षी लाभान्वित

२८ बैशाख, माडी । माडी नगरपालिका-९, हनुमानझुला क्षेत्रमा बैशाख २६ र २७ गते सञ्चालन भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा २१४ घरधुरीमा पालिएका ६ हजार बढी पशुपंक्षी लाभान्वित भएका छन् ।

पुरानो सशस्त्र प्रहरी क्याम्प, शिरुदमार आधारभूत विद्यालय तथा भालुखोला (अविष्मरणीय टोल) बसपार्कमा सञ्चालन गरिएको शिविरमा गाईगोरु २९४, भैंसी तथा पाडापाडी ३१४, बाख्रा १ हजार ८९७ र कुखुरा ४ हजार ३९१ गरी कुल ६ हजार ८९६ पशुपंक्षीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको हो ।

शिविरमा गाईभैंसीलाई खोरेत रोगविरुद्धको खोप तथा बाख्रालाई पि.पि.आर. रोगविरुद्धको खोप लगाइएको थियो । साथै पशुपंक्षीको स्वास्थ्य परीक्षण, गर्भ परीक्षण, पशु बन्ध्याकरण, बाँझोपन निवारण, औषधि वितरण तथा जनचेतनामूलक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास शाखा (माडी भेटेरीनरी अस्पताल) को आयोजनामा सम्पन्न शिविरमा पशु चिकित्सक डा. सन्तोष क्षेत्री, डा. नवराज चापागाईं, डा. कृष्ण महतो, पशु अधिकृत मोहनदत्त रानाभाट तथा पशु प्राविधिक हरि अवस्थी, श्याम खड्का लगायत १६ सदस्यीय प्राविधिक टोली खटिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार