२८ बैशाख, माडी । शिक्षासंगै खेलकूद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडी नगरको आयोजनामा आउँदो जेष्ठ ५ देखि १० गतेसम्म मेयर कप छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता-२०८३ सञ्चालन हुन लागेको हो ।
माडी माध्यमिक विद्यालयको चौरमा सञ्चालन हुने खेलको पुरस्कार छात्र र छात्रा दुबैतर्फ प्रथम हुनेलाई रु. १५ हजार र दोश्रो हुनेलाई रु. ७ हजार ५०० पुरस्कार रहेको छ । छात्रतर्फ हरेक विद्यालयको छुट्टाछुट्टै टीम सहभागी रहने र छात्रातर्फ एकभन्दा बढी विद्यालयबाट पनि टीम बनाउन सकिने समितिका सदस्य नबिन बस्यालले जनाउनुभयो ।




