२९ बैशाख, माडी । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रसिस ढकाल माडी नगरस्तरमा प्रथम हुनुभएको छ । माडीका विद्यालयहरुबाट सहभागी परीक्षार्थीहरु मध्ये सोमेश्वर माध्यमिक विद्यालयका छात्र ढकालले ३.९५ जिपिए ल्याउँदै प्रथम हुनुभएको छ ।
त्यस्तै, सोमेश्वर मा.वि.कै छात्र हिमाल दवाडी, दिवाकर स्मृति मा.वि.का छात्रा प्रसिद्धि पाठक र जनकल्याण मा.वि.का छात्रा सलिना पौडेलले समान ३.९१ जिपिए ल्याउँदै दोश्रो स्थान हासिल गर्नुभएको छ ।
सो परीक्षामा नियमित र ग्रेडवृद्धि गरी कूल ५२० जना परीक्षार्थीहरु सहभागी रहेका थिए । देशैभर सुधारिएको नतीजा आउँदा यसबर्ष माडीका सामुदायिक एवं संस्थागत विद्यालयहरुले पनि परीक्षामा विगतभन्दा सुधारिएको नतीजा ल्याएका छन् ।




