चितवन खबर पोष्ट

चितवनमा असार ७ देखि Rastriya Swatantra Partyको पहिलो राष्ट्रिय महाधिवेशन

३० बैशाख, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो ।

रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो । स्थापना भएको करिब चार वर्षपछि रास्वपाले पहिलोपटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । आगामी जेठ महिनाभर संगठन निर्माण तथा अधिवेशन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सो पार्टीको योजना छ ।

यसअघि, रास्वपाले आगामी २३ र २४ जेठमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । आगामी २ जेठमा वडा भेला, ३ जेठमा वडा अधिवेशन, ९ जेठमा पालिका भेला, १० जेठमा पालिका अधिवेशन गर्ने सो पार्टीको सचिवालयको निर्णय हो

तपाईको प्रतिक्रिया