३० बैशाख, माडी । माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गर्न निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालयले २०८३ बैशाख २० गते प्रमाणीकरण भएको केही नेपाल ऐन संशोधन अध्यादेशलाई आधार मानी विद्यालय व्यवस्थापन समितिहरु पुनर्गठन गर्न निर्देशन दिँदै त्यसको जानकारी गराउन परिपत्र गरेको हो । सो परिपत्रसंगै अब माडी नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा रहेका व्यवस्थापन समितिहरु पुनर्गठन हुने भएका छन् ।
यसअघि विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी वा विद्यालयका सहयोगीमध्येबाट २ जना सदस्य मनोनित गर्ने व्यवस्था थियो । अध्यादेशले उक्त व्यवस्था खारेज गरिदिएसंगै अब व्यवस्थापन समितिमा रहन विद्यालयकै छात्रछात्राका अभिभावक हुनैपर्ने बाध्यात्मक परिस्थिति बनेको छ ।




