चितवन खबर पोष्ट

सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा बिरोध प्रदर्शन (भिडियो सहित)

माडीको हनुमानझुलाबासी सहित चितवनका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा बिरोध प्रदर्शन गरेका छन् ।

संयुक्त सुकुम्बासी संघर्ष समिति चितवनको आयोजनामा चितवनका सातवटै नगरपालिका तथा इच्छाकामना गाउँपालिकाबाट सहभागी भएका सुकुम्बासीहरूको र्‍याली भरतपुर ओरालो (क्याम्पस गेट) हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको बस्तीलाई कानुनी मान्यता दिनुपर्ने, लालपुर्जा उपलब्ध गराउनुपर्ने तथा विस्थापनको डर अन्त्य गर्नुपर्ने माग गरेका छन् । आन्दोलनमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको देखिएको थियो ।

तपाईको प्रतिक्रिया