३१ बैशाख, माडी । राष्ट्रिय सरसफाई सप्ताह-२०८३ अन्तर्गत माडी नगरपालिका वडा नं. १ कार्यालयको आयोजनामा बरुवा बजार एवं वडा क्षेत्रमा सरसफाई गरिएको छ ।
“स्वच्छ कार्यालय, स्वच्छ वातावरण, स्वच्छ सोच, स्वच्छ समाज” भन्ने मूल नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा कार्यालय परिसर, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रको सरसफाई गरिएको थियो ।
सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्न आगामी ८ जेठसम्म सञ्चालन हुनेगरी देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालनको आह्वान गरेको छ ।




