३१ बैशाख, माडी । माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकी तथा प्रसुती केन्द्र (बर्थिङ सेन्टर)ले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बरुवा बजार चौतारा पछाडीको पुरानो भवनमा सञ्चालनमा रहेको सो स्वास्थ्य संस्थाले बैशाख ३१ गते (विहिबार)देखि नजिकै निर्माण भएका ३ तले भवनबाट सेवा प्रवाह थालेको हो ।
पञ्चकन्यासहित दियो कलश पुजा गरी नयाँ भवनबाट सेवा सुरु भएको वडा नं. १ का सचिव आनन्दराज पौडेलले बताउनुभयो । सो अवसरमा वडाध्यक्ष अमित कुमार लामासहित वडा १ र २ का वडा सदस्यहरु, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्–सेविकाहरुको सहभागिता रहेको थियो ।




