३१ बैशाख, माडी । माडी नगरपालिका–५ ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि गठित सहयोग समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्माको अध्यक्षतामा बसेको अभिभावक भेलाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी समितिको सदस्यहरूमा हाइराम विश्वकर्मा, आरति लामिछाने, ललिता महत्तो तथा गणेश प्रसाद विश्वकर्मा चयन हुनुभएको छ । विद्यालयका प्रधानाध्यापक जयराम महत्तो सदस्य सचिव रहनुभएको छ । विद्यालयले शिक्षक प्रतिनिधि भने शिक्षक बैठकबाट चयन गरिने जनाएको छ ।

माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई अध्यादेशले गरेको व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गर्न निर्देशन दिएसंगै वि.व्य.स.हरू पुनर्गठन हुन थालेका छन् ।



