माडी (स्थानीय) खबर पोष्ट

खैरहनी माविमा ‘माडीमा पर्यटनको सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

०१ जेष्ठ, माडी । खैरहनी माध्यमिक विद्यालयको शैक्षिकसत्र २०८३ को पहिलो अतिरिक्त क्रियाकलापका रूपमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ‘माडीमा पर्यटनको सम्भावना र महत्व’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेका छन् ।

प्रतियोगितामा कक्षा १० का छात्रा स्मृति महतो प्रथम हुनुभएको छ । त्यस्तै, कक्षा १० का छात्रा मानसी महतो द्वितिय, कक्षा १० कै छात्रा दीपा महतो र कक्षा ९ का छात्रा लाजीमा महतो तृतीय र कक्षा ६ का छात्रा सनिसा थारु (सान्त्वना) चौथो हुनुभएको हो ।

कक्षा १० का छात्र ममता महतोको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक कुलानन्द भूषाल तथा विशिष्ट अतिथिमा विद्यालयका सहायक प्रधानाध्यापक सन्तोष दाहाल लगायत विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया