माडी (स्थानीय) खबर पोष्ट

माडी–३ बसन्तपुरमा टोल विकास संस्था पुनर्गठन, ल्वागुनको निरन्तर नेतृत्व

०२ जेष्ठ, माडी । माडीको बसन्तपुर बजार व्यवस्थापन समेतको जिम्मेवारी रहने बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा यमकुमार ल्वागुन चयन हुनुभएको छ ।शनिवार (आज) माडी ३ वडा कार्यालयमा सम्पन्न बजारबासीहरुको भेलाबाट बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रहीसक्नुभएका ल्वागुन अध्यक्षमा पुनर्चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा सोना खनाल, सचिवमा तारानाथ चापागाईं, कोषाध्यक्षमा राधादेवी पौडेल र सहसचिवमा विश्वास आचार्य चयन हुनुभएको छ । सदस्यहरुमा नबिन बस्याल, अनुप भुसाल, गुरुदत्त गुरागाईं, मनोज लामिछाने, सुमित्रा मगर, किरन राई, टिका लामिछाने, चित्रबहादुर बि.क., हरिकृष्ण लामिछाने र ओमप्रकाश शाह रहनुभएको छ ।

बसन्तपुर बजारमा रहेका दुईवटै टोल विकास संस्था समायोजन (मर्ज) गरी नयाँ कार्यसमिति चयन भएको माडी ३ का वडाध्यक्ष पुरन महतोले बताउनुभयो । कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी सहित वडा नं. ३ का जनप्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया