माडी (स्थानीय) खबर पोष्ट

शिक्षकद्वारा कुटपिट भएको आरोप, १४ वर्षीय विद्यार्थी अस्पताल भर्ना

०२ जेष्ठ, माडी । माडी नगरपालिका-५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा अध्ययनरत १४ वर्षीय विद्यार्थी दीपसन लम्साल शिक्षकको कुटाइबाट घाइते भएका छन् ।

विद्यालयमा कक्षा-८ मा अध्ययनरत लम्साललाई शुक्रबार अन्तिम पिरियडमा विज्ञान विषय शिक्षक विश्व अवतार घलेले पाइपबाट कुटपिट गरेको विद्यार्थीको परिवारले बताएको छ । घटनापछि घाइते विद्यार्थीलाई उपचारका लागि बघौंडा अस्पताल लगिएकोमा शरीरका विभिन्न भागमा कुटपीटको चोट देखिएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको घाइते विद्यार्थीका आमा पद्मा कुमारी लम्सालले स्वदेशलाई जानकारी दिनुभयो । उजुरी पत्रमा, घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न माग रहेको छ ।

तपाईको प्रतिक्रिया