चितवन खबर पोष्ट

माडीमा सडक कुकुरबाट बच्न खोज्दा स्कुटर दुर्घटना, एक महिलाको मृत्यु

०३ जेष्ठ, माडी । माडी–१, गर्दी गाउँमा ई.भी. स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जेष्ठ २ गते बिहान १० बजे ई.भी. स्कुटरमा छोरा सँग घर फर्कंदै गरेकी अन्दाजी ५५ वर्षीया राजकुमारी थरुनीमाथि छाडा कुकुरले आक्रमण गर्न खोज्दा दुर्घटना भएको हो ।

कुकुरले झम्टिन खोज्दा स्कुटर अनियन्त्रित भई उनी लडेर गम्भीर घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल बघौंडा अस्पताल लगिएकोमा बिहान १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

माडी क्षेत्रमा सडक (छाडा) कुकुरको संख्या अत्यधिक बढ्दै गएकाले यस्ता दुर्घटनाहरू दोहोरिँदै आएका छन् । सडक कुकुरको संख्या अनियन्त्रि रुपमा बढ्दै जाँदा सडक सुरक्षामा गम्भीर चुनौती थपिनुका साथै पटक पटक रेबिज रोग फैलने त्रास समेत हुनेगरेको छ । (प्रतिकात्मक फोटो: कृत्रिम बाैद्धिकताबाट सिर्जित)

तपाईको प्रतिक्रिया