माडी (स्थानीय) खबर पोष्ट

रास्वपाको महाधिवेशन तयारी: माडीमा वडा र नगर अधिवेशन नहुने

०३ जेष्ठ, माडी । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभर वडा तथा पालिका अधिवेशन सुरु भएका छन्। तर, माडी नगरपालिकामा भने यसअघि नै वडा र नगर कार्यसमिति गठन भइसकेकाले उक्त प्रक्रिया नहुने भएको छ।

गत वर्ष २०८२ बैशाख १३ गते सम्पन्न नगर अधिवेशनबाट नारायणदत्त रिजाल माडी नगर कमिटीको सभापतिमा निर्वाचित हुनुभएको थियो। १५ सदस्यीय नगर समितिमा उपसभापति सोना खनाल, सचिव जगतराज अधिकारी, सहसचिव मोहनराज पोख्रेल र कोषाध्यक्ष चन्द्रकान्त सापकोटा रहनुभएको छ। यस्तै, माडी नगर RAT संयोजकमा अचित कार्की पदासिन रहनुभएको छ ।

वडास्तरमा पनि पार्टीले गत वर्ष नै संगठन विस्तार गरिसकेको छ। माडी–१ को सभापतिमा ऋषिराम काफ्ले र सचिवमा हुमलाल भट्टराई रहनुभएको छ । यस्तै, वडा नं. २ मा श्रीराम ढकाल (सभापति) र संगिता आचार्य (सचिव), वडा नं. ३ मा रिता भट्टराई (सभापति) र सबिता खरेल (सचिव), तथा वडा नं. ४ मा लेखनाथ भुसाल (सभापति) र तिलक रानाभाट (सचिव) रहनुभएको छ ।

त्यसैगरी वडा नं. ५ मा नारायण भट्टराई (सभापति) र चन्दा न्यौपाने (सचिव), वडा नं. ६ मा सुरेन्द्र बी.सी. (सभापति) र अशोक पौडेल (सचिव), वडा नं. ७ मा हरिकुमार रानाभाट (सभापति) र आशिष जी.सी. (सचिव), वडा नं. ८ मा फारम पुन मगर (सभापति) र रञ्जिता पोख्रेल (सचिव), तथा वडा नं. ९ मा केशव प्रसाद भण्डारी (सभापति) र संगिता भण्डारी (सचिव) रहनुभएको छ ।

तपाईको प्रतिक्रिया