०२ जेष्ठ, माडी । शनि जयन्ति पर्वको अवसरमा माडी ७, शनि धाममा आयोजित माडी नगरस्तरीय भजन प्रतियोगितामा जनजीवन मा.वि.का विद्यार्थीहरुको भजन टोली प्रथम भएको छ ।
त्यसैगरी जनचेतना महिला समूह कीर्तनपुरको भजन टोली दोश्रो र दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुरको टोली तेश्रो भएको छ । प्रतियोगितामा माडीभरबाट ८ वटा टोलीको सहभागिता रहेको थियो ।
प्रथम हुने जनजीवन मा.वि.ले ३४ अंक पाउँदा दोश्रो हुन सफल जनचेतना महिला समूहले ३३.६६ अंक पाएको छ । तेश्रो भएको टोलीको ३१.५ अंक रहेको छ । प्रतियोगिताको पूर्णांक ५० रहेको निर्णायक समूहका संयोजक नेत्रप्रसाद गाैतमले जानकारी दिनुभयो । (फोटोमा प्रथम हुन सफल टीम)




