०५ जेष्ठ, माडी । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार चितवन जिल्लाका स्थानीय तहहरूमध्ये माडी नगरपालिका सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको छ ।
प्रतिवेदनअनुसार माडी नगरपालिकाको बेरुजु प्रतिशत ०.१६ रहेको छ । कूल २ अरब १२ करोड १ लाख ५३ हजार रूपैंयाको लेखापरीक्षण हुँदा माडी नगरपालिकाको बेरूजु रकम ३३ लाख ४५ हजार रूपैंया मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।
चितवनका अन्य स्थानीय तहहरूमध्ये राप्ती नगरपालिकाको १.४३ प्रतिशत, इच्छाकामना गाउँपालिकाको १.०७ प्रतिशत, खैरहनी नगरपालिकाको ०.५३ प्रतिशत तथा कालिका नगरपालिकाको ०.६३ प्रतिशत बेरुजु रहेको उल्लेख गरिएको छ ।

यस तथ्यांकले माडी नगरपालिकाले आर्थिक अनुशासन, पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी प्रशासनिक अभ्यासमा उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ । तर, अघिल्ला बर्षहरूमा रहेको उच्च बेरूजु रकमका कारण समग्र बेरूजु अंक भने यसबर्ष पनि उच्च देखिने निश्चित नै छ ।



