माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकामा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

०५ जेष्ठ, माडी । माडी नगरपालिकाले नगर क्षेत्रको वातावरण संरक्षण तथा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा लगायतका सामग्रीहरूको प्रयोग तथा कारोबारमा रोक लगाइएको हो। नगर कार्यपालिकाको निर्णयअनुसार यस्तो कार्य नगर क्षेत्रमा पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।

नगरपालिकाले प्रतिबन्धित सामग्रीको बिक्री वितरण, आयात तथा भण्डारण नगर्न सम्बन्धित सबै व्यवसायी तथा नगरवासीलाई आग्रह गरेको छ। यदि निर्णयविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

नगरका प्रमुख प्रशासनकीय अधिकृत जगत प्रसाद भुसालद्वारा जारी सो सूचनामा उल्लेख गरिएका सामग्री मौज्दातमा रहेको भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक व्यवस्थापन गर्न अनुरोध समेत गरिएको छ।

तपाईको प्रतिक्रिया