०५ जेष्ठ, माडी । शिशु कल्याण आधारभूत विद्यालय, स्याउलीबासको अभिभावक भेलाबाट प्रेमबहादुर बिष्ट अध्यक्षमा पुनर्चयन हुनुभएको छ ।
भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि पुरुषतर्फ प्रेमबहादुर बिष्ट र मिनबहादुर परियार तथा महिलातर्फ गीता वि.क. र पार्वती अधिकारी चयन हुनुभएको थियो । उहाँहरू मध्येबाट बिष्ट वि.व्य.स. अध्यक्षा चयन हुनुभएको हो ।
वडाध्यक्ष दिपेन्द्रराज पौडेलको संयोजकत्वमा सम्पन्न अभिभावक भेला कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलबहादुर गायकले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मिना क्षेत्रीले गर्नुभएको थियो ।

माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश बमोजिम विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गर्न निर्देशन दिएसंगै सामुदायिक विद्यालयहरूमा वि.व्य.स. पुनर्गठन भइरहेका छन् ।



