०६ जेष्ठ, माडी । गतसाता चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्ष निर्वाचित शिवजी गायकले पदभार ग्रहण गर्नुभएको छ ।
निकुञ्ज मुख्यालय कसरामा मंगलबार सम्पन्न मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पद हस्तान्तरण तथा स्वागत–फेरि भेटौँला कार्यक्रममा काउन्सिलका निवर्तमान अध्यक्ष प्रकाश ढुङ्गानाले अध्यक्ष गायकलाई माइन्यूट हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको हो ।
ढुङ्गानाको अध्यक्षता तथा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

यसअघि, गत बैशाख २५ गते भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि पहिलोपटक माडीबाट गायक अध्यक्षमा चयन हुनुभएको थियो । उहाँ काउन्सिल अध्यक्ष भएसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष गिरिधारी सुवेदी कार्यवाहक अध्यक्ष हुनुहुने भएको छ ।



